जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा एमसीसी परियोजना स्थगित

जन्मभुमि खबर ,

पोखरा ।

नेपालमा सञ्चालित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगित भएको छ ।

एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा कम्प्याक्टअन्तर्गत कार्यन्वयन गर्ने सम्झौता भएको थियो ।

अमेरिकी राष्ट्रपतिको गएको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जानकारी नेपाल सरकार अर्थ मन्त्रालयलाई पठाएको हो ।

ट्रम्पले २० जनवरीमा सपथ लिएसँगै वैदेशिक सहायता ९० दिनका लागि निलम्बन गर्नेसम्बन्धी कार्यकारी आदेश जारी गरेको थियो। सो आदेशससँगै अमेरिकी सरकारको सहयोगमा सञ्चालित नेपालका सबै परियोजनाहरू स्थगित भएका छन्।