जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रकृति लम्साल मृत्यु प्रकरण: केआईआईटीका २ सुरक्षा गार्ड बर्खास्त, ३ अधिकारी निलम्बन

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेपछि भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले २ कर्मचारीलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको छ ।

केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिएको हो ।

यस्तै दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्म निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन् । सोही कलेजमा अध्ययनरत विद्यार्थीले मानसिक यातनाका कारणले लम्सालको मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।