जन्मभुमि खबर ,
पोखरा ।
बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग १ क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।
टिपर सडकदेखि करिब दुई सय मिटर तल खसेको उनले बताए ।