आहा रारा पोखरा गोल्ड कप : संकटालाई ३-१ ले हराउदै थण्डरबोल्ट क्वाटरफाइनलमा प्रवेश
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्ड कपमा आज शुक्रबार भारतको थण्डरबोल्टले सुरुमा गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै संकटालाई ३-१ ले हराएर क्वाटरफाइनल प्रवेश गरेको छ ।
थण्डरबोल्डले अब अन्तिम क्वाटरफाइनलमा उज्केिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । ब्ल्याक बुल्स आझै नेपाल आइपुगेको छ । केहि दिनअघि मात्र सभापति कप जितेको दुई पटक आहारारा पोखरा गोल्डकप विजेता संकटा पहिलो खेलबाटै बाहिरिएको छ ।
जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको थन्डरबोल्ट्सले अब सेमिफाइनल प्रवेशका निम्ति उज्वेकिस्तानको टिम ब्ल्याक बुल्स एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
शनिबार भोलीको खेल नेपाल पुलिस क्लब र ब्रिगेट व्याइज क्लब युके बिच हुनेछ ।
मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको आहा राराको यस संस्करणमा कुल १२ टोलीको सहभागिता छ ।