जन्मभुमि खबर ,
पोखरा ।
दलालको फन्दामा परेर युक्रेन सेनाको नियन्त्रणमा पुगेका पुगेका दोलखाका स्याङ्बोशेर शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा नेपाल फर्कीएका छन् ।
उनीहरूलाई फर्कनका लागि आवश्यक हवाईजहाजको टिकटको प्रबन्ध गैर आवासीय नेपाली सङ्घको मुख्यालयले गरेको थियो । विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान राजदूतावासले अनुरोध गर्दै आएको छ।