जन्मभुमि खबर,
पोखरा ।
काठमाडौँको कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ ।
बिहीबार बिहान ग्यास लिक भएर विष्फोट भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । ‘बिहान विष्फोट भएको हो । अहिले विस्तृत विवरण आइसकेको छैन । प्रहरीले मुचुल्का गरिरहेको छ,’ उनले भने । घाइतेहरूको उद्धार भने भइसकेको छ ।
थप विवरण आउन बाँकी छ ।