आहा रारा पोखरा गोल्ड कप : आयोजक सहारालाइ हरायो नेपाल पुलिस क्लबले
जन्मभुमि खबर ,
पोखरा ।
विभागीय टिम नेपाल पुलिस क्लब २४औँ आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा फुटबल क्लबलाई हराउँदै पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३७औँ मिनेटमा पुलिसका लागि उज्वल राईले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा दुवै टिमले केही राम्रा मौका पाए पनि गोलमा परिणत भने गर्न सकेनन् ।
जितसँगै पुलिस क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक सहारा क्लब पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार भोलिको खेल विभागीय टोली एपीएफ र ए डिभिजन लिग टिम मछिन्द्र फुटबल क्लबबीच हुने छ ।