जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रिसिङ गाउँपालिका वडा नं. ६, चालिसे घर भई व्यास नगरपालिका ५ पाटन बस्ने वर्ष १९ का मोटरसाइकल चालक सन्दीप आले र मोटरसाइकल पछाडि सवार उनकी आमा वर्ष ४० कि मधुमाया आले रहेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल दुईवटा साना पुलको बीचमा खस्न पुगेको थियो । चालकले नियन्त्रण गुमाउँदा बायाँ साइडतर्फ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

“हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ,” उनले भने ।