जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा गुडिरहेको बसबाट खस्दा पोखराका युककको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।

पोखराबाट नारायणगढ जाँदै गरेको बा ४ ग ५८०१ नम्बरको बसबाट खसेका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।

प्रनाउ थापाका अनुसार पोखरा महानगरपालिका–२८ का वर्ष २६ का सञ्जीव महराको आइतबार दिउँसो मृत्यु भएको हो ।

बसका चालक जिल्ला चितवन भरतपुर नगरपालिका–२४ बस्ने बर्ष ३९ का सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन्।