पेट्रोलमा एक र डिजेलको मूल्य दुई रुपैयाँले बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५२ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत पोखरा , काठमाडौं, दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ।
आज मध्यरातदेखि लागू हुने गरी निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फको मूल्य घटाउने निर्णय भएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ घटेको छ भने अन्तरष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलर घटाइएको छ ।
