जन्मभुमि खबर ,
पोखरा ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको पहिलो दिनको थुनछेक बहस सकिएको छ ।
मंगलबार दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो ।
पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरे। सुजताको बहस सकिएको र शान्तीदेविको बयान बाँकी रहेको सेस्तेदार राजन खनालले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।
यसैगरी सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले उठेर रोएपछि इजलासमै सन्नाटा छाएको थियो ।
जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँसु झार्दै आफू निर्दाेष रहेको उनले बताएका थिए ।
उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताएका थिए । गुरुङ बिरामी छन् भने उनको अस्पतालमा उपचार भइरहेको छ ।
उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन् । त्यसपछि केहीबेर इजलासको मोहोल भावुक बनेको थियो ।
अदालत स्रोतका अनुसार इजलासको माहोल भावुक बनेको र कार्यालय समय पनि सकिएपछि आजका लागि थुनछेक बहस स्थगित गरिएको छ ।