जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा हट एयर बेलुन महोत्सव

 

जन्मभुमि खबर ,

पोखरा ।

पर्यटकीय राजधानी पोखरामा पहिलो ‘अन्तर्राष्ट्रिय’ हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पामे फाँटमा महोत्सव आयोजना गरिएको हो ।

मंगलबार बिहान नेपालसहित विभिन्न देशका १४ हट एयर बेलुन पोखराको आकाशमा उडाएर महोत्सवको सुरुआत गरियो । महोत्सव यही पुस १७ गते (जनवरी १) सम्म जारी रहने आयोजक संस्था बेलुन नेपालले जानकारी गराएको छ ।

महोत्सवअन्तर्गत दिउँसो र साँझ खानाका स्टल, कन्सर्टलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।