जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बुढिबजारमा टिप्परमा मोटरसाइकल ठोक्किदा बागमाराका लामिछानेको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका २६ बुढिबजारमा सोमबार राति टिप्परमा मोटरसाइकल ठोक्किदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ । ग११प ६०५६ नम्बरको मोटरसाइकललाई लु२ख ४५२७ नम्बरको टिप्परमा ठोक्किदा पोखरा ३३ बागमाराका २९ वर्षीय अशोक लामिछानेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय डाँडाको नाकले जानकारी दिएको छ ।

प्रहरीका अनुसार टिप्पर बिग्रिएर सडक छेउमा रोकेर मर्मत गरिरहेको अवस्थामा मोटरसाइकल पछाडिबाट आएर ठोक्किएको थियो । मोटरसाइकल पनि पूर्णरुपमा क्षति भएको छ ।

टिप्पर चालक रसुवाका ३७ वर्षीय वासुदेव घिमिरे र दुवै सवारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।