जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी प्रकरणमा कास्की प्रहरीमा रहेका लामिछानेलाई प्रहरीले मंगलबार आठौँ पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएको थियो । जसमा न्यायाधीश न्यायाधीश हिमलाल बेलबासेले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
लामिछानेमाथि मंसिर २७ गते सातौँ पटक थपिएको म्याद सोमबार सकिएको थियो । कास्की प्रहरीले अझै ४ दिनको म्याद माग्न पाउने भएकाले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपनि अदालतमा मुद्दा पेश गर्नका लागि थप ४ दिन माग गर्न अदालत उपस्थित गराएको थियो ।
सहकारी प्रकरणमा पक्राउ परेको रविलाई ९० दिन हिरासतमा राख्नकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको उनका कानुन व्यवसायीहरुले दाबी गर्दै आएका छन् । प्रहरीले आज पनि सम्पत्ती शुद्धीकरणको मुद्दामा भएको व्यवस्था देखाएर म्याद थप माग्दै छ ।
असोज २ गते पक्राउ परेको गोर्खा मिडियाका पूर्व सञ्चालक छवि जोशी सहित लामिछानेको मुद्दा जोडिएकाले आज म्याद थपिएसँगै यो म्याद अन्तिम म्याद भएको छ ।