जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई पुन : अनुसन्धानको लागि पोखरा ल्याइयो

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका रास्वपा सभापति रवि लामिछानेलाई आज त्यहाँबाट फेरि पोखरा ल्याइएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा हिजो लिखित बयान लिइसकेलगत्तै कास्की ल्याउने भनिएपनि मौसममा प्रतिकूलताका कारण आज ल्याइएको हो ।

कास्कीबाट बयानका लागि रूपन्देहीको भैरहवामा रहेका लामिछानेको मंगलबारदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान सुरु गरिएको थियो । ३ दिनमा साढे २३ घण्टा बयान लिइएको सरकारी न्यायाधिवक्ता पौडेलले जानकारी दिए । त्यसक्रममा लामिछानेलाई ७४ प्रश्न सोधिएको थियो ।

सरकारी वकिलको कार्यालयले बयानका आधारमा प्रतिवेदन तयार गर्ने छ ।