जन्मभुमि खबर ,
पोखरा ।
बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज बिहान पोखरा फर्काइँदै छ ।
बिहान ७ः४० बजेको उडान मार्फत पोखरा फर्काउने भनिएपनि अहिलेसम्म उडान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मी खनालका अनुसार मौसम खराबीका कारण उडानमा ढिला भएको हो ।
विहिबारनै बयान सकेर फर्काउने प्रहरीको तयारी रहेपनि राति ८ बजे मात्रै बयान सकिएको थियो ।