जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

फेवातालमा आज अचानक आएको हावाहुरीका कारण बीच तालमा काठको डुङ्गामा अड्किएका दुई जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

रुपन्देही देवदह नगरपालिका ११ घर भई काठमाण्डौ टोखार नगरपालिका बस्ने २२ बर्षीय मनिष विश्वकर्मा र जिल्ला रूपन्देही देवीनगर नगरपालिका ११ बुटवल बस्ने २२ बर्षकी प्रिति सुनारलाई सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धार टोलीले उद्धार गरेको हो ।

काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरेका दुई जनालाई अचानक आएको हावाहुरीमा परी बीच तालमा अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको हो ।