जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंबाट पोखरा, दमौली, लमजुङलगायत चल्ने हाइसले बढी भाडा लिएपछि ६ वटा गाडीका चालक र सह-चालक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

प्रहरीले दशैंमा घर फर्किने यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई पक्राउ गरेको छ।

काठमाडौंबाट पोखरा, दमौली, लमजुङलगायत चल्ने हाइसले तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो आएपछि प्रहरीले कलंकी र बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ग १ ख ४४९९ नम्बरको हाइसका चालक डम्बरबहादुर आले मगरसहित अन्य पाँचवटा हाइसका चालक र सहचालक पक्राउ परेका छन् ।

उनीहरूले तोकिएको भन्दा प्रतिव्यक्ति एक हजारदेखि १५ सयसम्म भाडा बढी लिएको खुलेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

दशैंको समयमा पहिरोको कारण देखाउँदै सवारी साधनहरूले यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आइरहेको भन्दै यसलाई निगरानीमा राखेको प्रहरीले जनाएको छ।

हायस सञ्चालकले काठमाडौँबाट पोखराको भाडा ७५० तोकिएकोमा १५ सय रुपैयाँ लिएको पाइएको छ।