जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईंका समर्थकले जलाए तीनवटा जलाए ट्रक

जन्मभुमि खबर ,
पोखरा ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गए राती ती वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईंका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका हुन् ।

४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा आगजनी गर्दा  चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसै गरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।