जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्वी राजमार्ग सात घण्टापछि खुल्यो

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वी राजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक सात घण्टापछि खुलेको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

‘ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो’,उनले भने, ‘अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।’