जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हिमालको काखमा झिलिमिली पोखरा (फाेटाे फिचर)

जन्मभुमि खबर ,

पोखरा ।

सेताम्मे हिमशृङ्खलाको प्राकृतिक सौन्दर्य, तालतलैयाको आकर्षण र रङ्गीन बत्तीको झिलिमिलीले यतिबेला पर्यटकीय राजधानी पोखरालाई थप मनमोहक बनाएको छ ।

तिहारको उल्लाससँगै सिँगारिएको पोखरा दिनमा हिमालको चमकमा रमाउँछ भने रातमा रङ्गीन प्रकाशको उज्यालोमा झलमल्ल देखिन्छ ।

बिहानदेखि साँझ अबेरसम्म खुलेर देखिने हिमालको मनोरम दृश्य र रात परेपछि सहरभरि फैलिने झिलिमिली बत्तीले पोखराको सौन्दर्यमा नयाँ रौनक थपेका छन् ।

पुम्दिकोट, सराङकोट, काहुँडाँडा र निर्मलपोखरीलगायतका डाँडाबाट हेर्दा उज्यालोले सजिएको पोखरा कुनै सुन्दर चित्रझैँ देखिन्छ ।

प्राकृतिक सौन्दर्य र पर्वको उल्लास एकै ठाउँमा मिसिँदा पोखराको दृश्य अझ आकर्षक बनेको छ । तिहारको उज्यालोले सहरका सडक, घर र बस्तीलाई मात्र होइन, हिमालको काखमा बसेको पोखराको समग्र सौन्दर्यलाई नै झकिझकाउ बनाएको छ ।