जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लमजुङ अपडेट : पहिरोमा बेपत्ता एकै घरका ४ जना मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

लमजुङमा पहिराेमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।

पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता , एकजनाको शव फेला