जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको फुस्रे खोलामा पौडी खेल्नेक्रममा डुबेर सुवेदीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका १७ छोरेपाटन नजिकै फुस्रे खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पर्वत जिल्ला कुस्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ बर्षीय बिश्वास सुवेदीको मृत्यु भएको हो ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट गएको टोलीले खोजी गर्दा शव भेटिएको हो ।

विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे खोलाको २५ फिट गहिराईमा शव अड्किएर बसेको अवस्थामा शसस्त्रले शव निकालेको हो ।

शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले दिए ।