जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा विदेशीले मनाए तिहार, लगाए भाइटीका (तस्बिरहरू)

जन्मभुमि खबर ,

पोखरा ।

तिहारमा सप्तरंगी टीका लगाएर नेपाली मात्रै रमाएनन् । पोखरामा विदेशी पर्यटक पनि रमाए । होटेल संघ पोखराले आयोजना गरेको १९औँ भाइटिका महोत्सवमा विभिन्न देशका पर्यटकहरू सप्तरंगी टीका निधारमा लगाउँदा दंग परे ।

संघको आयोजनामा भएको महोत्सवमा विदेशी पर्यटकहरू सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा रेन्वो चिल्ड्रन होमका बालिकाहरूले टीका, माला, ढाका टोपी लगाइदिँदा पर्यटकहरू दंग परे ।

निधारमा सप्तरंगी टीका सजिएपछि फोटो खिच्न व्यस्थ देखिएका थिए । नेपाली पर्व मनाउन पाएकोमा पर्यटकहरूले खुसी व्यक्त गरे ।

बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि उनीहरूलाई दक्षिणा दिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

भ्रमणमा रहेका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन् ।

bhaitika_tiurist-(9)-1794394546.jpg

bhaitika_tiurist-(6)-1794394545.jpg

bhaitika_tiurist-(1)-1794394544.jpg

bhaitika_tiurist-(2)-1794394544.jpg

bhaitika_tiurist-(5)-1794394544.jpg