जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका सहकारी पीडितले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा , ११ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालो झण्डा देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन् ।

सहकारी पीडितहरूले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले केहीलाई लात्ती हानेको साथै दुईजना घाइते र ११ जनालाई नियन्त्रणमा लिइएको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । ७८ वर्षीय भीमप्रसाद चपाईँ र अनुराधा श्रेष्ठ घाइते भएको उनको भनाइ छ ।