जन्मभुमि खबर ,
पोखरा
काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती, तीन छोरीहरूसहित आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
आगोले जलेका पाँचजनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ ।
एसपी अधिकारीका अनुसार मादकपदार्थ सेवन गरेर आएका चन्चलले श्रीमतीसँग विवाद हुँदा पेट्रोल छर्केर आगो लगाएको खुलेको छ ।