जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा प्रस्याङमा मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-५ प्रस्याङ फिर्केपुलस्थित सडकमा बा.४८ प ९५७९ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बाग्लुङ नगरपालिका-१२ अमलाचौर बस्ने ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।