जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बसपार्क एरियामा पर्यटकलाई अनावश्यक दुःख दिने ७ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क एरियामा लागूऔषध जन्य पदार्थसमेतको सेवन गरी होहल्ला गरे पर्यटक तथा स्थानीयहरुलाई अनावश्यक रुपमा दुःख हैरानी दिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलि तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरीको टोलीले हिजो ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर विक, पोखरा–९ बस्ने २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी, २० वर्षीय लक्ष्मण सिंह, २२ वर्षीय विकाश श्रेष्ठ र २८ वर्षीय साजन परियार छन् ।

पक्राउ परेकाहरुका माथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।