जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा पहिला मन्त्रालय घटाएका अधिकारिले पुन मन्त्रालय टुक्र्याएर नौ बनाउने निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो ।

गण्डकी सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको जानकारी दिए । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई टुक्र्याएको हो ।

यही चैत २५ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्ति विवादित बनेको छ । सर्वोच्च अदालतले कामचलाउ सरकारलाई दीर्घकालीन प्रकृतिका निर्णय नगर्न बुधबार आदेश दिएको छ ।

उनै अधिकारीले गत वर्ष पुस २५ गते मन्त्रालयको संख्या धेरै भएको भन्दै १२ बाट घटाएर सातमा झारेका थिए ।