जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हाजिर जमानीमा छुटे पक्राउ परेका महरा

जन्मभुमि खबर ,
पोखरा ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन् ।

स्वास्थ्य अवस्था नाजुक भएका कारण जिल्ला सरकारी वकिल कार्यालयमार्फत् बाहिरै राखेर मुद्दा अघि बढाइने गरी महरालाई रिहा गरिएको हो । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई अनुसन्धानका लागि सोमबार रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको लिएको थियो ।

हिरासतमा राखिएका महरालाई सीआईबी र सरकारी वकिलको कार्यालयले सोधपुछ गरिसकेका छन् । बयान सकिएसँगै आजै उनलाई हाजिर जमानीमा रिहा गरिएको हो ।