जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुन मन्त्री बन्ने दौडमा दिपक मनाङे

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसबारे प्रदेश प्रमुखको कार्यालयलाई मौखिक जानकारी समेत गराइएको छ । तर, कुन मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्नेबारेमा जानकारी दिइएको छैन ।

स्रोतका अनुसार, निर्विरोध निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्दै छन् । प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रूपमा विजयी भएका मनाङे पछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । तर, यही साता उनले एकीकृत समाजवादी त्यागेको जानकारी गराउँदै आफ्नो भूमिका स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

केन्द्रमा गठबन्धन फेरिएसँगै मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूलाई निकालिसकेका छन् । मनाङेलाइै आफ्नै पक्षमा राखिराख्न पाण्डेले मन्त्री बनाउने तयारी गरेका हुन् ।

मनाङेनिकट नेपाली कांग्रेसका सांसदहरूका अनुसार पनि उनी मन्त्री बन्न तयार भएका हुन् । मनाङेले अन्तिम अवस्थामा पाण्डे सरकारलाई साथ दिने बताउँदै आएका छन् ।