जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बसले ठक्कर दिँदा घाइते भएका सईको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई खत्रीको आइतबार मृत्यु भएको हो।

यही फागुन २० गते उनलाई जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो।

ठक्कर दिने बसका चालक नवराज गिरीलाई पक्राउ गरी  ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।