जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरकारले बोलायो मिटरब्याजपीडितलाई वार्तामा

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले मिटरब्याजपीडितलाई वार्ताका निम्ति पत्र पठाएको छ । आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाललाई पत्र पठाउँदै बढीमा पाँचजनाको टोलीलाई गृह मन्त्रालयमा वार्ताका लागि बोलाइएको हो ।

मिटरब्याज समस्या समाधानका निम्ति मन्त्रालयबाट सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको भन्दै छलफलमा बोलाइएको छ । यसअघि पनि मिटरब्याजपीडितले पटक–पटक यस्ता आन्दोलन गरेका र वार्तापछि सहमतिअनुसार आयोग गठन गरेर काम गरिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

मिटरब्याजपीडितका तर्फबाट को–को वार्तामा जाने भन्ने नाम तय नभएको बताइएको छ । आजै बेलुका ५ बजेसम्म नाम टुंगो लगाइने मिटरब्याजपीडितको भनाइ छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको नेतृत्व अवधेश कुशवाहले गरेका छन् । निर्ग नवीनलाई समितिको प्रवक्ता तोकिएको छ ।