जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेनिका युवकको हत्या अपडेट : घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

म्याग्दीको बेनी बजारमा भएको हत्या घटनामा संलग्न चारजना पक्राउ परेका छन् ।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्युरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शंकर घर्ती, रघुगंगा–७ का १९ वर्षीय उत्सव पुन र मंगला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।

ज्यानसम्बन्धी कसुर/मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

सम्बन्धित समाचार

बेनी बजारमा धारिलो हतियार प्रहार गरेर युवाको हत्या