जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दमौलीमा ठडियो राजा महेन्द्रको शालिक

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको दमौलीस्थित प्रशासनचोकमा राजा महेन्द्र शाहको शालिक पुनर्निर्माण गरिएको छ । २०६२ र६३ को आन्दोलनमा भत्काइएको राजा महेन्द्रको शालिक टाउको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तनहुँका कार्यकर्ताले राखिएको हुन् ।

उक्त ठाउँमा आन्दोलनमा राजा महेन्द्रको शालिक टाउको बिना रहँदै आएको थियो । उनीहरु यसअघि गत पुस २७ गते टाउको राख्ने तयारी गरेका थिए । तर, बिहानैदेखि प्रहरीले अवरोध गरेको थियो ।

राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले इतिहासको संरक्षण गर्नुपर्ने प्रतिक्रिया दिए । यसलाई राजनीतिक रुपमा हेर्न नहुनेसमेत उनले स्पष्ट पारे । ‘यसलाई इतिहासको रुपमा हेर्नुपर्छ । इतिहासको संरक्षण गर्नुपर्छ भन्ने मान्यता सहित पुस २७ गते नै टाउको राख्ने तयारी भएपनि प्रहरीबाट अवरोध भयो,’ उनले भने ।