गण्डकीबाट एमालेका तीनजनाले दर्ता गराए उमेदवारी
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट नेकपा (एमाले) ले उमेदवारी दर्ता गराएका छन् । गण्डकीमा एमालेका तीनजनाले उमेदवारी दर्ता गराएका हुन् ।
अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उमेदवारी दर्ता गराएका हुन् ।
सोमबार गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखरामा उमेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदै छ ।