जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय सभा निर्वाचन : अन्तिम नामावली प्रकाशन

जन्मभुमि खबर ,
पोखरा ।

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

आइतबार प्रदेश निर्वाचन कार्यालयमा अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार, कोसी प्रदेशमा ३६७ मतदाता कायम भएका छन् । मधेस प्रदेशमा ३७४ जनाको नामावली प्रकाशन गरिएको छ ।

वाग्मती प्रदेशमा ३४७, गण्डकी प्रदेशमा २३० मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा ३०५, कर्णाली प्रदेशमा १९६ मतदाताको नामावली प्रकाशन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता कायम भएका छन् ।