जन्मभुमि खबर ,
पोखरा ।
उच्च अदालत पाटनले ‘सिप विल्डिङ’का सबैलाई इपिएसको परीक्षामा सहभागी गराउन विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ।
तर्कबहादुर पलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमा न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलाशले शुक्रबार यस्तो आदेश गरेको हो।
‘निवेदकहरुलगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरुलाई उल्लेखित मिति मंसिर १९ को सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
१५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत अदालतले भनेको छ।