जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा निर्मलपोखरी रिसोर्टमा कौडा खेल्दै गरेका १६ जना नगद सहित पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१, निर्मलपोखरी मैदानस्थित इलाइट रिसोर्टका सञ्चालकलगायत व्यक्तिहरू छन् ।

उनीहरुबाट ५ लाख ५ हजार ६५ रुपैयाँ समेत बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा महानगरपलिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार राति साढे १ बजे उनीहरुलाई पक्राउ गरेको हो।

रिसोर्टका सञ्चालक पोखरा–३३ का ३८ वर्षीय सन्तोष गुरुङसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा–३३ सोही ठाउँका ४६ वर्षीय राम केसी, पोखरा–६ का ३६ वर्षीय सञ्जिव अधिकारी, सोही ठाउँका ४० वर्षीय रााम ढकाल, ६४ वर्षीय वीरबहादुर लामिछाने, ४० वर्षीय मोहनबहादुर गुरुङ छन्।

त्यसैगरी पोखरा–१७ बिरौटाका ४० वर्षीय प्रकाश पोखरेल, सोही ठाउँका ४६ वर्षीय कृष्णप्रसाद भण्डारी, ३० वर्षीय कुमार भण्डारी, ३८ वर्षीय गौतम गुरुङ छन्। पोखरा–२१ कृष्तीका ४८ वर्षीय होमबहादुर रानाभाट, सोही ठाउँका ४० वर्षीय टंकबहादुर कार्की, २३ वर्षीय अनिष श्रेष्ठ, पोखरा–१० अम्मरसिंहका ६३ वर्षीय मीनबहादुर बरुवाल, पोखरा–३३ गैरागाउँका ३३ वर्षीय रामचन्द्र आचार्य र पोखरा–१७ बिरौटाका ४० वर्षीय जीवन शाही पनि पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।