जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट लागु औषध सहित नर्वेका नागरिक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित नर्वेका एक नागरिक पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण व्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले बिमानस्थलमा चेकजाँच गर्ने क्रममा नर्वेका रुने फ्लाथालाई शुक्रबार पक्राउ गरेको हो ।

विमानस्थलको प्रस्थान कक्षमा अवैध लागू औषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा रुने फ्लाथाको साथबाट १० ग्राम पोल्यान र ३५ ग्राम गाँजाको धुलो फेला परेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए ।

उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन थप गरी अनुसन्धान भैरहेको विकले बताए ।