जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा चिसाखोलामा जुवा खेल्दै गरेका ६ जना पक्राउ, हातहतियार सहित बरामद

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–२२, खाल्सेस्थित चिसाखोलाका ५२ वर्षीय भेषबहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । गुरुङसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नगद ८० हजार ७९० रुपैयाँ, कौडा १६, जुवा खेलाउन प्रयोग गरिएको अर्थिङ बक्स एक, अर्थिङ तार, स्टेपलाइजर एक, अन/अफ र प्लस/माइनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट दुईथानसहित पक्राउ गरिएको हो ।

प्रहरी टोलीले गुरुङको घर समेत तलासी गरेको थियो । त्यसक्रममा लुकाइराखिएको हर्नेट एक, सोको गोली २४ राउन्ड र म्याग्जिन एकथान समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।