जन्मभुमि खबर ,
पोखरा ।
पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको पोखरा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन हो ।
साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका उनी केही दिन अघि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए ।
‘पुतली बाजे’ बेलायतबाट वि सं २०२२ मा नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए ।
नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो ।