लोक कल्याणकारी सहकारीको अध्यक्षमा पुर्णदिप ।
पोखरा । पोखराको फुर्सेखोलामा रहेको लोक कल्याणकारी बचत तथा ऋण सहकारी सस्थाको आइतबार सम्पन्न १३ औं साधारणसभा तथा चौथो अधिबेसनले पुर्णदिप सिग्देलको अध्यक्षतामा एघार सदस्यीय कार्य समिति सर्व सम्बत रूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा बिष्णु प्रसाद पहारी,सचीवमा लेखनाथ पहारी ,स- सचीव कृष्ण कुमारी महत,कोषाध्यक्ष रामचन्द्र पहारी , स- कोषाध्यक्ष ऋषिराम ससुबेदी र सदस्यहरुमा हरिमाया सुवेदी,सृजना पोख्रेल ,भोलानाथ बराल,गुरु प्रसाद सुवेदी ,बिमला भुजेल चयन भयका छन । त्यसै गरि लेखा समितीमा रामप्रसाद सुवेदी, शिव प्रसाद पहारी, प्रमिला बराल, चयन भएका छन । छबिलाल पौडेलको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा पोखरा २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदी प्रमुख अथिती , निर्वाचन संयोजकमा झपिन्द्रराज रेग्मी ,सदस्यहरुमा श्रीराम सुबेदी र बद्रीनाथ पहारी रहनु भएको कार्यक्रम को सन्चालन सचीव लेखनाथ पहारिले गर्नुभयको थियोे ।