जन्मभुमि खबर ,
पोखरा ।
प्रहरीले पोखराबाट १० केजी गाँजा सहित युवकलाई पक्राउ गरेको छ ।
धादिङ गजुरी गाउँपालिका वडा नं.३ क्वालसिङ बस्ने वर्ष २२ का रविन्द्र थिङ तामाङले भिरेको झोलामा लागू औषध गाँजा १० किलो ८८९ ग्राम र १ थान मोवाईल तथा नगद रु सात हजार ९० सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय गगनगौडा कास्की र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको नाईन शाखाबाट कुकुर सहितको चेकिङ टोलीले पोखरा महानगरपालिका वडा नं.३२ मजुवा स्थित सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको बसमा उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो ।
उहाँका अनुसार पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।