जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि कँडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौंको बीएन्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनीसहित १५ जना घाइते भएका थिए । चार विद्यार्थीसहित पाँचजनाको निधन भएको थियो ।
ज्यान गुमाएका ममता तिवारी, सुभेच्छा तिवारी र असिम कँडेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ ।
पोखरा महानगरपालिका–२८, ओख्लेमा शुक्रबार बिहान माझठानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।