जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भोलि सार्वजनिक बिदा छैन,राष्ट्रिय शोक मात्र घोषणा गरिएको छ : मन्त्री शर्मा

जन्मभुमि खबर ,
पोखरा ।

इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन ।

यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन ।

स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।