जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुर्ति विसर्जन यात्रामाथि आक्रमण गर्नेलाई कारवाही गरियोस् ।

नेपाल बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने देश हो । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो । हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता कृत्यहरुलाई प्रश्रय दिएको छैन । विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको सर्वविदितै   छ ।
यसैबिच मिति २०८० भाद्र २२ गते सर्लाही जिल्लाको मलङ्गवामा श्रीकृष्ण जन्माष्टमीको  मुर्ति विसर्जन यात्रामाथि भएको आक्रमणको घटना प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।  जिहादी मानसिकता भएका तत्वहरुद्वारा घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल घोर भत्र्सना गर्दछ साथै घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।
मुस्लिम समुदायका व्यक्तिहरुले एक्कासी भक्तजनहरु माथि घरभित्रबाट अस्लिल गालीगलौज सहित, तातोपानी फ्याक्न तथा ढुङ्गामुढा गर्न थालेपछि  स्थानीय भक्तजनहरु गम्भीर घाइते भएका छन । महिला तथा बालबालिका समेतलाई लक्षित गरी मुस्लिमहरूद्वारा गरिएको उक्त आक्रमणको घटनाले सम्पूर्ण सनातन हिन्दु समाजलाई आहात एवं आक्रोशित बनाएको छ ।
आतंकी तथा अपराधी प्रवृतिका तत्वहरुको समय मै कानुनी उपचार हुन नसक्दा मुस्लिम आयोग तथा मुस्लिम प्रशासकहरुको संरक्षणका कारण सर्लाही लगायतका जिल्लाहरुमा यस्ता घटना घटाउन उनीहरुको मनोवल बढेको देखिन्छ । उक्त घटनामा संलग्न कट्टर जिहादीहरुलाई कारवाही गर्नुको साटो निर्दोष हिन्दु युवाहरुलाई प्रहरीद्वारा हिरासतमा लिइनुले प्रहरीको कार्यशैली प्रति पनि प्रश्न चिन्ह खडा भएको छ । पक्राउ गरिएका हिन्दु युवाहरुलाई निसर्त रिहा गरिएन भने हामी कठोर कदम चाल्न बाध्य हुनेछौं ।
सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनशायले हिन्दू विरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता हिन्दू विरोधी तत्वहरुलाई निरुत्साहित गर्न सबैलाई संगठित भई अगाडी बढ्न विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ । साथै आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न  समेत अपिल गर्दछ । घटनामा परी घाइते भएका भक्तजनहरुको शीघ्र स्वास्थ्य लाभको लागि विश्व हिन्दू परिषद नेपाल परिवार भगवान पशुपतिनाथ सँग प्रार्थना गर्दछ ।