जन्मभुमि खबर ,
पोखरा ।
गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा आएकी छन् । अस्ट्रेलिया भिसाबारे ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनले साइबर क्राइमको उजुरी दिएकी छन् ।
गायिका अधिकारीले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताउँदै आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी हुन् ।
उनले कसैको वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध हो भन्दै सबै सञ्चारमाध्यमलाई पनि यथार्थ बुझेरमात्र समाचार सम्प्रेषणको आग्रह गरिन् ।