जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रिहा भए लालबहादुर  विक

जन्मभुमि खबर ,
पोखरा ।

ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सफाइ दिएपछि लालबहादुर विक बुधबार कारागारमुक्त भएका छन् । मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै विकलाई सफाइ दिएको थियो ।

उच्च अदालत विराटनगरले आदेशको पत्र कारागारमा पठाएपछि बुधबार उनी रिहा भएका हुन् । उनको जेलबाट बाहिर निस्कँदा भव्य स्वागत भएको थियो ।

तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।