सुन तस्करी प्रकरणबारे रास्वपाको संकल्प प्रस्ताव दर्ता
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणबारे संकल्प प्रस्ताव दर्ता गराएको छ। उक्त विषयमा छलफलका लागि रास्वपाका सांसदहरुले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको विषयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
ठूलो मात्रामा सुन पत्ता नलागी भन्सार जाँचपास भएको विषयमा विस्तृत अनुसन्धान गर्न, यस्ता संगठीत अपराध नियमन गर्न सरकारले लिएको पहलकदमी लगायतका विषयमा छलफल गर्नका लागि रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो।